आज यी प्रदेशमा वर्षा हुने !

केन्द्रभाग मिडिया

काठमाडौं।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ।

बिहीबार देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

  • ६ माघ २०७८, बिहीबार ०८:५५ प्रकाशित