डलरको भाउ बढ्योः यस्तो छ आजको मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

अमेरिकी डलरको खरिददरको भाउ बढेको छ ।

नेपाल राष्ट्रबैंकले आज बुधबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०२ पैसा कायम गरेको छ भने बिक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेको छ । हिजो अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको थियो ।

युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३५ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ १८ पैसा र बिक्रिदर १६२ रुपैयाँ ९९ रहेको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६० पैसा र बिक्रीदर ८६ रुपैयाँ ०३ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३८ पैसा र बिक्रीदर १० रुपैयाँ ४४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

  • ५ माघ २०७८, बुधबार १०:०० प्रकाशित