प्रधानमन्त्री कपको उपाधिका लागि आज पुलिस र एपीएफ भिड्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

पहिलो पटक टी–ट्वान्टी फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

राष्ट्रिय तथा युवा खेलाडी सम्मिलित दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा पुलिसले वागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

  • ५ माघ २०७८, बुधबार ०९:४६ प्रकाशित