काठमाडौंका तीनवटै सीडीओ कार्यालयका सेवा प्रभावित : यी सेवा रोकिए !

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंका सिडिओसहित १८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह प्रभावित हुने भएको छ ।

काठमाडौंका तीनै जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि तीनै जिल्लाका सेवा कटौती हुने भएको छ। कोभिड – १९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुनेगरी सेवा घटाएको छ ।

नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको छ । त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ ।

यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।

  • ५ माघ २०७८, बुधबार ०९:४० प्रकाशित