मौसम पूर्वानुमान: यी प्रदेशका हिमाली भेगमा हिमपात हुने

केन्द्रभाग मिडिया

पोखरा ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा आन्शिक बदलीको अवस्था रहेको छ । महाशाखाको अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागि रहेको छ।

आज दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

  • ५ माघ २०७८, बुधबार ०९:१८ प्रकाशित