माघ ७ देखि मनकामना मन्दिर प्रवेशमा रोक

केन्द्रभाग मिडिया

गोरखा ।

कोरोना संक्रमित बढेसँगै प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर प्रवेशमा रोक लगाइने भएको छ ।

भक्तजनलाई माघ ७ गते शुक्रबारदेखि माघ मसान्तसम्म मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको जनाइको छ ।मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो।

कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले बताए।

समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए।

बन्दको समयमा जाने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने जनाइएको छ।

  • ५ माघ २०७८, बुधबार ०९:०४ प्रकाशित