Old Website
२०७९ चैत्र १२, आइतवार
March 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रचण्ड, नेपाल र केसीले कमजोरी महसुस् गरे बाम सहकार्य : उपमहासचिव गुरुङ

केन्द्र खबर केन्द्र खबर
अन्तर्वार्ता, प्रमुख समाचार, राजनीति
२०७९ मंसिर ८ २०:४८
प्रचण्ड, नेपाल र केसीले कमजोरी महसुस् गरे बाम सहकार्य : उपमहासचिव गुरुङ
ShareTweetPin

गोविन्द सुवेदी ।
निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा नै मुलुकमा बाम एकता र तालमेलको बहस प्रारम्भ भएको छ । विहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष प्रचण्डलाई टेलिफोन गर्दै बिजयी भएकोमा बधाई दिने बहानामा प्रचण्डको धारणा बुझ्ने प्रयास गरेको सार्वजनिक भएको छ ।

स्रोतका अनुसार उक्त फोन संवादका क्रममा ओलीले यो निर्वाचनको परिणाम चिन्ता गर्ने किसिमको आएको बताउँदै यसले देशमा अस्थिरता ल्याउन सक्ने बताएका छन्। तिक्ततापूर्ण सम्बन्धका बीच भएको ओली–प्रचण्ड सम्बादले छिन्नभिन्न भएका कम्युनिष्टहरु एक ठाउँमा आउन सक्ने सम्भावना बढाएको विश्लेषण गरिएको छ । यसैको सेरोफेरोमा हामीले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङसंग संक्षिप्त कुराकानी गरेका छौं ।

  • प्रदेशमै पुन निर्वाच्न लड्ने इच्छा प्रकट गर्दैगर्दा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा निर्वाचित हुनुभयो । कस्तो अनुभव गर्नुभएको छ ?

अब प्रदेशमा लढ्ने इच्छाको विषय टुंगिइसकेको विषय हो । प्रदेश संरचनालाई बलियो बनाउनुपर्छ भन्ने नै मेरो चाहाना हो । अब प्रदेश संरचना र संघीयतालाई बलियो बनाउने भूमिका केन्द्रबाट नै खेल्छु । संघमा यस अगाडि पनि निर्वाचित भएर काम गरेको हुनाले मेरालागी नौलो विषय होइन । भूमिका बदलीएको छ । भूमिकालाई मैले राम्रोसंग बुझेको छु । केन्द्रमा हस्तक्षेपकारी भूमिका खेल्न सक्ने भएकाले नीति निर्माणकै तहबाट संघीयतालाई, राष्ट्रिय स्वाधिनतालाई र मुलुकको कम्युनिष्ट मुभमेन्टलाई जनताको अपेक्षा पुरा गर्नेगरी अगाडि बढाउने नै मेरो भूमिका हुन्छ ।

  • समग्र निर्वाचनको परिणामलाई कसरी हेर्नुभएको छ ?

परिणाम त आउने क्रममै छ । यद्यपी सामान्य विश्लेषण गर्ने हो भनेपनि जनताले कम्युनिष्ट र कांग्रेसको गठबन्धन मन नपराएको पाएको छु । त्यसलाई अनुमोदन गरेनन् । अझ कम्युनिष्टहरुले कांग्रेससंग मिलेर चुनाव लड्ने काम गलत हो भन्ने नै सन्देश दिए । प्रचण्ड र माधव नेपालको भूमिकालाई जनताले मन पराएनन् । त्यसैगरी पहिचान र समावेशीताको मुद्धा भजाएर आफ्नो दुनो सोझाउने मधेशी पुराना नेताहरुलाई पनि जनताले मन पराएनन् । एक प्रकारको आक्रोस जनताले पोखेको मैले महसुस् गरेको छु ।

‘कांग्रेसको नेतृत्वमा गठबन्धन गरेर जानु कम्रेड प्रचण्ड, कम्रेड माधव नेपाल र कम्रेड चित्रबहादुर केसीको निर्णय नै गलत थियो । एमाले विरुद्ध यसरी गठबन्धन गर्ने निर्णय गलत थियो भन्ने कुरा समान्य रुपमा उहाँहरुले महसुस् गर्नुभयो भनेमात्रै पनि हाम्रोे (एमाले) तर्फबाट ढोका खुल्छ ।’

  • यतिबेलै बाम तालमेल र सहकार्यकोे कुरा बहसमा आइरहेका छन् । तपाईको पार्टी अध्यक्ष केपी ओली र माओवादी अध्यक्षको टेलिफोन संबादमा पनि यो विषय उठान भएको बाहिर आयो यसलाई कसरी लिनुभएको छ ?

मैले पहिले देखि नै बाम एकता र सहकार्यको कुरा उठाउँदै आएको छु । कांग्रेसको नेतृत्वमा गठबन्धन गरेर जानु कम्रेड प्रचण्ड, माधव नेपाल र चित्रबहादुर केसीको निर्णय नै गलत थियो । एमाले विरुद्ध यसरी गठबन्धन गर्ने निर्णय गलत थियो भन्ने कुरा समान्य रुपमा उहाँहरुले महसुस् गर्नुभयो भनेमात्रै पनि हाम्रोे (एमाले) तर्फबाट ढोका खुल्छ । मैले नै सहकार्यको प्रस्तावलाई अगाडि बढाउँछु । पहिला उहाँहरु तीन जनाले यसको रिअलाइजेसन गर्नुपर्छ । हामीबाट गलत भएको हो भन्नुपर्छ ।

बामपन्थी बीचको सहकार्य र एकता हिजो पनि कायम रहनुपर्दथ्यो । आजपनि उत्तिकै अवश्यकता छ । यसमा मैले खेल्ने सबै प्रकारका भूमिका खेल्न तयार नै छु । दुई अध्यक्ष बीचको सम्बाद सामान्य बधाई आदानप्रदान गर्न भएको हो भन्ने नै मलाई लागेको छ । कम्युनिष्टहरुको बीचमा सहकार्यको कुरा अगाडि बढ्नु सकारात्मक कुरा हो ।

  • यो निर्वाचन मार्फत राप्रपाले आफ्नो शक्ति बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सशक्त रुपमा उदय भएको छ । यसलाई कसरी लिनुभएको छ ?

परिवर्तन विरोधीहरुले आफ्नो शक्ति आर्जन गर्नुभनेको हामी प्रति, हाम्रो नेतृत्व प्रतिको वितृष्णाको रुपमा हेर्नुपर्छ । हामीले जनतामा जस्तोखालको सेवा प्रवाह गर्नुपर्ने थियो त्यो प्रवाह गर्न नसक्नुको परिणाम हो । परिवर्तनका बाहक शक्तिहरु खास गरी कांग्रेस र कम्युनिष्टको झगडा, बेमेल, सत्ताका लागि टुटफुट गर्ने जस्ता विषयले जनतामा आएको निरासाको परिणाम हो ।

जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको सवाल छ, यसमा हामी कम्युनिष्टहरुको फुट प्रतिको आक्रोस जनताले पोखेका हुन् । यसमा खासगरी प्रचण्ड कम्रेड र माधव कम्रेडको भूमिका मन नपराउनेहरुको आक्रोस अलिकता बढि मात्रामा त्यता तर्फ पोखियो भन्ने लाग्छ । ‘नो भिजन, नो पोलिसी’ त्यसलाई शक्ति भन्नुहुन्छ ? त्यो शक्ति भन्दा पनि जनताको आक्रोस पोखिने माध्यम मात्र हो । हामीले सहालिँदा र जनता प्रतिको जिम्मेवारीलाई महसुस हुनेगरी बहन गर्दा त्यस्ता असन्तुष्टि समाप्त हुन्छन् र असन्तुष्टिसंग खेल्नेहरुको शक्ति पनि सकिन्छ ।

  • फेरी पनि अन्त्यमा सोधौं, केन्द्रमा तपाईको अब देखिने भूमिका के हो ?

मैले सुरुमा पनि भनिसकेको छु । राष्ट्रिय स्वाधिनताको पक्षमा मेरो हस्तक्षेपकारी भूमिका हुन्छ । कम्युनिष्ट आन्दोलनलाई भरोसा गर्नेगरी यसको विरासत फर्काउने भूमिका हुन्छ । संघीयता, समावेशितासहित परिवर्तनका जतिपनि एजेण्डा छन् । यसलाई व्यवाहारिक रुपमा कार्यान्वयन गराउने सेवालमा मैले सशक्त भूमिका खेल्न सक्छु । म प्रति जनताले गरेको आशा र भरोसा पनि त्यहि हो । त्यो म मेरो पार्टी भित्र र बाहिर जुनसुकै ठाउँमा पनि भूमिका खेल्ने छु ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.