प्रदेशको नाम मधेश राखेको भन्दै विरोध : असन्तुष्ट समुहले जलाए सांसदको पुत्ला

केन्द्रभाग मिडिया

ठुलो कसरत पछि प्रदेश २ को नामाकारण गरिएकोमा एक समुहले मधेस प्रदेश नामको विरोधमा पुत्ला जलाएका छन् । असन्तुष्ट समुहले जनकरपुरधाममा नामको विरोध गर्दै प्रदेश सांसदको पुत्ला दहन गरेका हुन् ।

मंगलबार जनकपुरधामको जानकी चोकमा मधेस आन्दोलनकारीको युवा समूहले ८ जिल्लालाई समेटेर बनाइएको प्रदेशको नाम ‘मधेस’ राखिएकोमा आपत्ति जनाएको हो । उनीहरुले यसअघि २२ जिल्लालाई मधेस भनिने गरेकोमा अब मधेसलाई ८ जिल्लामा सीमित गर्ने काम भएको आरोप लगाए ।

त्यस्तै पर्साको वीरगंजमा एक समूहले मधेस प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नारावाजी गर्दै उनको पुतला दहन गरेका छन् ।

  • ४ माघ २०७८, मंगलवार १४:५९ प्रकाशित