यस्तो छ आजको मुद्रा विनिमयदर सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ।

युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०९ पैसा र बिक्रिदर १६२ रुपैयाँ ९१ रहेको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्रीदर १० रुपैयाँ ४० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • ४ माघ २०७८, मंगलवार १०:२९ प्रकाशित