नेपालमा ६ महिनामा ६ सय मेगावाट विजुली उत्पादन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा विगत ६ महिनाको अवधिमा ६ सय मेगावाट विद्युत उत्पादन भएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म देशभरका ११ वटा आयोजनामा गरेर थप ६ सय मेगावाट विजुली उत्पादन भएको विद्युत् प्राधिकरणले जनाएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ६ सय २९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले राखेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारले १ हजार ३ सय मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर, त्यतिबेला १ सय ३१ मेगावाटमात्र उत्पादन भएको थियो।

विगत ६ महिनाको अवधिमा ११ आयोजनाबाट नौ मेगावाटको सौर्यसोलार सहित ५ सय ९८ मेगावाट विजुली उत्पादन भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

उत्पादन भएको बिजुलीमध्ये प्राधिकरणको सहायक कम्पनीबाट ४ सय ५६ तथा निजी क्षेत्रबाट १ सय ४२ मेगावाट उत्पादन भएको हो।

  • ४ माघ २०७८, मंगलवार १०:२० प्रकाशित