‘फोटो खिच्ने’ क्रममा पुलबाट खस्दा शिक्षकको मृत्यु

केन्द्रभाग मिडिया

कैलाली ।

फोटो खिच्ने क्रममा पुलबाट खसेर एक शिक्षकको ज्यान गएको छ ।

कैलालीको गोदावरी पुलमा फोटो खिच्ने क्रममा खस्दा अछामको मंगलसेन नगरपालिका ५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीको अनुसार हिजो सोमबार बेलुका जीर्ण अवस्थाको गोदावरी पुलमा फोटो खिच्ने क्रममा उनी पुलबाट खसेका हुन् ।

सो पुलमा साँझ ५ बजे पछि प्रवेश नदिने गरेकोमा शिक्षक मापसे गरि गएको बताइएको छ । सो पुलमा बार पनि छैन ।

  • ४ माघ २०७८, मंगलवार ०९:५७ प्रकाशित