गण्डकी अपडेटः संक्रमित बढेको बढ्यै, निको हुनेको संख्या न्यून, आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा दिनदिनै कोरोना संक्रमितको संख्या बढेको बढेयै छ । निको हुनेको संख्या भने संक्रमितको हुनेको तुलनामा निकै न्युन देखिएको छ। आज (सोमबार)३७८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८३७ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।सोही अवधिमा २२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका १८६,गोरखाका४५, मुस्ताङका १, म्याग्दीका २,लमजुङका ४, तनहुँका ३१, नवलपरासीका ३४,बागलुङका ९,पर्वतका ३ र स्याङ्जाका ६३ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९० हजार २९ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ९१ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६० हजार ८५१ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा १५सय १० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये  १४ सय ६५ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।

  • ३ माघ २०७८, सोमबार १६:१६ प्रकाशित