मन्त्री झाँक्रीको सय दिन : यस्ता छन् ३७ बुँदे प्रगती विवरण (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।
सहरी विकास मन्त्रीका रुपमा रामकुमारी झाँक्रीले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आज आफुले गरेका कार्यको विवरण सार्वजनिक गरेकि छिन् ।

मन्त्री झाँक्रीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले गरेको कार्यप्रगतीको ३७ उपलब्धि सार्वजनिक गरेकी हुन् ।सहरी विकास विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले तीन महिनाको अवधिमा ८७ किलोमिटर सडक निर्माण भएको दाबी गरेकी छन्।

त्यस्तै त्यही अवधिमा ९१ किलोमिटर सडकको पक्की नाला पनि निर्माण गरिएको जानकारी उनले दिएकी छन्। मन्त्री झाँक्रीले विभिन्न समयमा राजनीतिक तथा सामाजिक विवादका कारण रोकिएको जग्गा हस्तान्तरणलाई पनि तीव्र पारिएको बताएकी छन्।

३७ बुँदे उपलब्धिमा उनले मुलुकभरका १२ हजार ६ सय ६० घर परिवारलाई जग्गा हस्तान्तरणको बाटो पनि खोलिएको उनले बताएकी छन्।

  • ३ माघ २०७८, सोमबार १५:१७ प्रकाशित