पाँचौ पटक प्रधामन्त्री बनेपछि पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्दै देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।तर पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवाले सरकार गठनको ६ महिनासम्म पनि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रधानमन्त्रीको सम्बोधनमार्फत् सरकारका ६ महिनाका उपलब्धी सार्वजनिक गरिने बताए ।

  • ३ माघ २०७८, सोमबार १२:४९ प्रकाशित