मन्त्री झाँक्रीको १०० दिन : के–के होलान प्रगति विवरण ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेको १०० दिन पुगेको छ । सोही अवसरमा झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् ।

मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।

 झाँक्रीले मन्त्री बनेपछि के प्रगति गरिन भन्ने सर्वत्र चासो छ । इन्जिनियरले ढलका ढकन ठिकसँग लगाउन पनि जान्दैनन भन्ने मन्त्री झाँक्रीको अभिव्यक्तिको कतै चर्चा त कतै आलोचना पनि भएको थियो ।

  • ३ माघ २०७८, सोमबार ०९:४१ प्रकाशित