सरकारले सपिङ मल र पार्टी प्यालेसलाई दियो यस्तो आदेश !

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले कोरोना संक्रमण उकालो लाग्ने क्रम बढेपछि सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरुलाई सशर्त सञ्चालन गर्ने दिने भएको छ ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न आदेश दिएको छ । मास्क अनिवार्य गरिएको छ ।

साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।

  • २ माघ २०७८, आईतवार १७:०० प्रकाशित