नयाँ उद्योग खोल्दै हुलास स्टील: कस्ता सामाग्री उत्पादन हुन्छ?

केन्द्रभाग मिडिया

काठमाडौं।

चर्चित हुलास स्टीलले अर्को उद्यागे खोल्ने भएको छ ।नयाँ उद्योग हुलास इन्फ्रा प्रालि १ अर्ब ५७ करोड ४० लाख लगानीमा खोल्न लागेको हो ।
जस्तापाता, आल्मुनियम पाइप लगायत उत्पादन गर्दै आएको हुलास स्टीलले फलामजन्य थप सामाग्री उत्पादन गर्ने गरी अर्को उद्योग थप्न लागेको बताइएको छ।
यो उद्योगको लगानी उद्योग विभागबाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ। कम्पनीले यो उद्योग पर्सा जिल्लाको विन्दावासिनी गाउँपालिका(२ मा स्थापना गर्ने भएको हो ।

आवश्यक पर्ने जग्गा व्यवस्था गरिसकेको कम्पनीले उद्योगको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया पनि अघि बढाइसकेको छ। जस्तापाता र आल्मुनियमका सामाग्रीहरु उत्पादन गरी मनग्य नाफा कमाइरहेको कम्पनीले फलामको थप सामाग्रीहरु उत्पादनमा जोड दिएको हो।

उद्योगले स्वदेशी तथा विदेशी १ सय २३ जना दक्ष,अर्धदक्ष र अदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्नेछ। कम्पनीमा शतप्रतिशत स्वदेशी लगानी रहेको बताइएको छ। यो उद्योगका लागि २५ सय केभीएको प्रसारणलाइन आवश्यक पर्ने बताइएको छ। कम्पनीले उद्योगमा उच्च गुणस्तरको मेसिन प्रयोग गर्ने जनाएको छ।

यी सामाग्री बन्नेछ !

हुलास इन्फ्रा प्रालिले विशेषगरी फलामजन्य उत्पादनलाई जोड दिएको छ। यो उद्योगले एमएस स्ट्रक्चर वार्षिक ८१ सय टन उत्पादन गर्नेछ। यस्तै अर्डरका गाल्भेन्जीङ वार्षिक १० हजार टन उत्पादन गर्ने बताइएको छ। यसैगरी अर्डर एचआर गाल्भेन्जिङ ५० हजार १ सय टन उत्पादन गर्नेछ।

माग अनुसारकै गाल्भेन्जिङ पाइप ९९ सय टन उत्पादन गर्नेछ।यस्तै सडक सुरक्षाको लागि प्रयोग गरीने पोल समेत यो उद्योगले उत्पादन गर्नेछ।
यसैगरी सीजेठ पुर्लिन २ हजार मेट्रिक टन उत्पादन गर्नेछ।

  • २ माघ २०७८, आईतवार १४:३६ प्रकाशित