राष्ट्रिय सभा बैठक अनिश्चित समयका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ ।

संसद् सचिवालयले विशेष कारणवश स्थगित गरिएको जानकारी दिएको छ। बैठक भोली सोमबार दिउँसो १ बजेको लागि बैठक बस्ने जनाइएको थियो ।

प्रतिनिधिसभा बैठक पनि पटकपटक सूचना जारी गरेर स्थगित हुँदै आएको छ ।

  • २ माघ २०७८, आईतवार १३:५७ प्रकाशित