बतासले चलाएको धर्मशाला निरीक्षणपछि मन्त्री आलेले भने,‘म सक्ड भएँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनले भाडामा लिएर सञ्चालन गरेको पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।

मन्त्री आलेले बतासले चलाएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् । उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।

उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’ उनले छानविनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए ।

  • २ माघ २०७८, आईतवार १३:२९ प्रकाशित