धादिङमा पहिरो : ४ दिनपछि भेटियो एक जनाको शव, दुईको अवस्था अज्ञात

केन्द्रभाग मिडिया

काठमाडौं ।

धादिङमा ४ दिन अघि पहिरोमा पुरिएका तीन मध्ये एक जनाको शव आज भेटिएको छ ।

धादिङको रुबी भ्याली गाउँपालिका(१ मा गत बिहीबार बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोले डोजर पुरिदाँ तीन जना वेपत्ता भएका थिए ।ती मध्ये एक जनाको शव फेला परेको हो भने अन्य दुई जनाको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको शवलाई आज आफन्तको जिम्मा लगाउने तयारी छ ।

पहिरोमा पुरिएका डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङको खोजी कार्य जारी रहेको छ । पहिरो गएको स्थान दुर्गम र साँघुरो खोल्सो जस्तो भएकाले खोज्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।

  • २ माघ २०७८, आईतवार १३:२० प्रकाशित