आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज, क-कसले पाउँछन् ?

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले आज देखि बुस्टर डोज दिन सुरु गर्ने भएको छ ।

सरकारले पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन सुरु गर्न लागेको हो ।अग्रपंक्तिमा खटिनेहरू​लाई आइतबार आजदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ ।

सोही अनुसार स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरू​लाई सरकारले बुस्टर डोज खोप दिइनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आज देखि अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर डोज आग्रह गरेको थियो ।

मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ । सरकारले खोप कार्ड लगेर नजिकैको खोप केन्द्रमा गइ बुस्टर डोज लगाउन निर्देशन दिएको हो ।

  • २ माघ २०७८, आईतवार ०९:५३ प्रकाशित