कोरोना नेपाल : शनिवार ४६ सय संक्रमित थपिए, ४ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ४६ सय बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०१ र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जना गरि ४६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सक्रिय संक्रमितको संख्या उकालो लागेको छ । मन्त्रालयका अनुसार आज देशभरी २१ हजार ५८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।आज थप ४ जना संक्रमितको कोरोनाबाट ज्यान गएको छ ।

शुक्रबार ५०८७ जनामा संक्रमण पुष्टि भएको थियो ।यही अवधिमा थप ३५० जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

नेपालमा हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भइसकेको छ । देशभर थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

  • १ माघ २०७८, शनिबार १७:३२ प्रकाशित