कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा

केन्द्रभाग मिडिया

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् ।आज  प्रमुख प्रतिपक्ष नेकपा (एमाले) कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ। सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’ प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रमक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए ।

एमाले नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको छ ।

  • १ माघ २०७८, शनिबार १४:३३ प्रकाशित