अर्थतन्त्र टाट पल्टिने अवस्थामा छ, गठबन्धन सरकार फेल भइसक्यो : एमाले नेता महेश बस्नेत

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेको भूमिकालाई अस्विकार गरेर यो देशमा कुनै पनि शक्ती चल्न नसक्ने बताए । हिजो केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्यायौँ भन्ने वरिष्ठ वकिल साथीहरु हिजो हामीले गल्ति गयौँ अब हामीलाई न्याय चाइयो भनेर बालकोट जानपर्ने परिस्थिति सृजना भएको छ ।

बस्नेतले भने, हिजो केपी ओलीलाई हटाएर राम राज्य प्राप्त गर्यो भन्ने प्रधानमन्त्री शेरहादुर देउवा अहिले बालकोट जान बाध्य हुनुभएको छ । यसले के सन्देश दिन्छ भने, यो मुलुकमा नेकपा एमालेलाई कमजोर बनाएर, नेकपा एमालेको भुमिकालाई अस्विकार गरेर कुनै पनि शक्ती चल्न सक्दैन भन्ने संदेश दिन्छ ।

उनले देशको अर्थतन्त्र डामाडोल हुन लागेको बताए । वितेका ४ महिनाको तथ्याङकले साढे सात खर्ब व्यापार व्यहोरी रहेका छौँ, रेमिटेन्समा हामी निकै गिरि रहेका छौँ, हामी यो गतिमा गयौँ भने मुलुकको अर्थतन्त्र टाट पल्टनीवाला रहेको बस्नेतले बताए । वर्तमान सरकार फेल भएको उनले आरोप लागाए ।

  • १ माघ २०७८, शनिबार १४:२२ प्रकाशित