बतास फाउण्डेसनको सहयोगमा पोखरा रामटमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
बतास फाउण्डेसनको सहयोगमा पोखरामा निशिुल्क स्वास्थय शिविर सम्पन्न भएको छ । पोखरा–९ रामघाटमा आश्रित विपन्न परिवारका सदस्यहरुका लागि लक्षित गरि शिविरको अयोजना गरिएको कार्यक्रमका संयाजक किसन विश्कर्माले जानकारी दिए ।

शिविरमा २ सय बढिले सेवा लिएको प्राविधिक सहयोग समेत रहेको पोखरा डाइविटिज क्लिनीकका अध्यक्ष राजन श्रेष्ठले बताए । सिद्धार्थ मार्ग टोल विकास स‌स्थाका अध्यक्ष सुर्य जलारीको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी मेडिकल कलेजका १० जना डाक्टर, स्वास्थ्य कर्मी र प्राविधिक सहयोग रेहको थियो । शिविरमा निशुल्क रुपमा औषधी पनि उपलब्ध गराइएको थियो ।


कार्यक्रममा डाइविटिज एण्ड थाइराइड क्ल्निीकको प्राविधिक सहयोग रहेको थियो । शिविरको गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापाले उद्याटन गरेका थिए । उद्याटन कार्यक्रममा बोल्दै मन्त्री थापाले नागरिकले सहज स्वास्थ्य सेवा पाउनुपर्ने भन्दै गाँसवासका लागि आफुले पहल गर्ने बताए ।

कार्यक्रममा बोल्दै तमु धीँ नेपाल कास्कीका अध्यक्ष हुम गुरुङले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर स्थानियलाई सेवा दिएकोमा आयोजकलाई धन्यवाद दिए ।

समाजसेवी टिका गुरुङले सामाजिक उत्तरदायीत्व वहन गर्ने यस्ता कार्यक्रममा सबैको साथको आवश्यक पर्ने र आफु सधै सहयोगि बन्ने बताइन।

आफ्नै ठाउमा शिविरबाट स्वास्थ्य सेवा लिन पाउदा स्थानियले खुशी व्यक्त गरेको ग्रिन युथ एलायन्स नेपाललेका अध्यक्ष सुजन विकले बताए । कार्यक्रमको संचालन युवा समाजसेवी रोजिना श्रेष्ठले गरेकी थिइन् ।

  • ३० पुष २०७८, शुक्रबार १८:२९ प्रकाशित