आज एकै दिन ५ हजार नाघ्यो संक्रमित संख्या

केन्द्रभाग मिडिया

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट संक्रमण हुनेको संख्या ५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो।देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।यस्तै ३०६ जना संक्रमणबाट मुक्त भएका छन्।

  • ३० पुष २०७८, शुक्रबार १६:२८ प्रकाशित