गण्डकी अपडेटः यी जिल्लामा संक्रमणदर उच्च, आज कुन जिल्लामा कति थपिए ?

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज (शुक्रबार) १८६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२२ जनामा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

सोही अवधिमा १८ संक्रमित कोरोनामुक्त भएका छन् ।संक्रमित हुनेमा कास्कीका ९५,मुस्ताङका २, म्याग्दीका ५,लमजुङका १, तनहुँका १६, नवलपरासीका ५५,बागलुङका २ र स्याङ्जाका १० जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८९ हजार २३२ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ४० रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५९ हजार ६९ जनाको परीक्षण भएको छ ।हाल प्रदेशमा ७६५सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७३१ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।आजको तथ्यांक अनुसार कास्की र नवलपरासी पूर्वमा संक्रमणको उच्च जोखिम देखिएको छ।

  • ३० पुष २०७८, शुक्रबार १५:३८ प्रकाशित