नेपालकै दुई ठुला रक्सी व्यापारी अर्बौ रकम लिएर भागे !

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालकै सबैभन्दा ठूलो रक्सी विक्रेता ग्रीनलाईन सञ्चालक तथा मदिरा आयातकर्ता अभिषेक अग्रवाल र अमित अग्रवाल अर्बौ रकम उठाएर भागेका छन् ।

दाजुभाई अमिषेक र अमितले बैंक, सहकारी तथा केही व्यक्तिसँग गरि १ अर्ब ५० करोडभन्दा धेरै पैसा उठाएर भागेको जनाइएको छ ।

बैंकहरूसँग पैसा लिएर भागेपछि इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले उनीहरूको सम्पत्तिमा सूचना टाँस गरिसकेका छन् । अन्य केही बैंक र सहकारी सूचना टाँस गर्ने तयारीमा रहेका छन् ।

ग्रीनलाईनसँगै अग्रवालको ज्ञानेश्वरमा रहेको घरमा समेत बैंकले सूचना टाँस गरेको छ । सो ठाउँमा १५ आनाभन्दा धेरै क्षेत्रफलमा अग्रवालको घर रहेको छ ।

ग्रीनलाईनका अग्रवालले कर्जा लिएको भनेर सूचना टाँस गरिएको छ । अग्रवालको नाममा रहेको सम्पत्तिमा आफ्नो हक लाग्ने भनेर एभरेष्ट र इन्भेष्टमेन्ट बैंकले मदिरा आउटलेटमा चाबी लगाएका हुन् ।

ऋण लिएर भागेसँगै इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंक कसरी पैसा उठाउने भन्ने चिन्तामा परेका छन् । अग्रवालको परिवार भागेपछि प्रहरीले समेत खोजी गरिरहेको छ ।

  • ३० पुष २०७८, शुक्रबार १५:०१ प्रकाशित