डान्स क्लवमा आगालागी

केन्द्रभाग मिडिया

बुटवल ।

बुटवलमा निर्माणाधीन प्लान बी डान्स क्लवमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–९ को सिद्धार्थ कटेज छेउमा प्लान बी डान्स क्लबको बन्दै गरेको भवनमा दिउँसो साढे १२ बजेदेखि आगलागी भएको हो ।

आगो के कारणले लागेको हो भन्नेबारे पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।

आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल प्रयोग भइरहेको छ । भैरहवा,तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको प्रहरीले जनाएको छ ।

  • ३० पुष २०७८, शुक्रबार १४:५८ प्रकाशित