मिडिया अवार्डको विषयमा पत्रकार महासंघको बैंठकमा भाडभैलो

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको बेठक बहिस्कार गरेका छन् । कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको बैठकमा अध्यक्ष विपुल पोखरलेको नैतिकतामाथि प्रश्न उठाउँदै १७ जना केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् ।

केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरीएपछि केन्द्रीय समितिको बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन् । सहमतिको प्रयास भइरहेको बताइएको छ ।

केन्द्रीय सदस्यहरुले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघको अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै यी विषयमा सम्बोधन नभए बैठक अगाडी नबढ्ने बताएका छन् ।

मिडिया अवार्ड वितरण कार्यक्रममाका विषयमा महासंघ भित्र लफडा चलेको छ । त्यसको असर महासंघको बैठकमा देखिएको हो ।

  • ३० पुष २०७८, शुक्रबार १४:३८ प्रकाशित