भारतको मिचाहा प्रवृत्तिको समयमै प्रतिवाद गर्नुपर्छ : विवेशील साझा

केन्द्रभाग मिडिया

विवेकशील साझा पार्टीले लिपुलेकबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिप्रति नेपाल सरकारको मौनता आपत्तिजनक भएको बताएको छ ।

विवेकशीलले विज्ञप्ति निकाल्दै नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने मोदीको अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनतारहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ।’ विज्ञप्तिमा भनिएको छ

विवेकशीलले भारतको मिचाहा प्रवृत्तिको समयमै आवश्यक प्रतिवाद गर्नुपर्ने बताएको छ । अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप प्रति प्रतिवाद गर्न नसके दूरगामी असर मुलुकले भोग्नुपर्ने उल्लेख गरिएको छ।

विवेशीलले नेपाली भू-भागमा छिमेकीको मनपरी स्वीकार्य नभएको बताउँदै नेपाली भूमिमा बनाउन लागेको सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्न दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

  • ३० पुष २०७८, शुक्रबार १४:११ प्रकाशित