सर्वदलीय बैठकमा को-को गए ? नामावलीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आयोग कार्यालय कान्तिपथमा जारी छ। बैठकमा विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरू गएका छन् ।

बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा पुगेका छन् । नेकपा ९माओवादी केन्द्र० बाट लीलामणि पोखरेललगायतका नेता छन् ।

नेपाल मजदुर किसान पार्टीको प्रतिनिध्व गर्दै प्रेम सुवाल बैठकमा गएका छन् । नेपाली जनता दलबाट हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत आयोग पुगेका छन् ।

सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने बताइएको छ । स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने जनाइएको छ ।बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ।

  • ३० पुष २०७८, शुक्रबार १२:५४ प्रकाशित