यी देशको मुद्राको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ।

आज युरो र युके स्टर्लिङको भाउ बढेको छ ।युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ३० पैसा र बिक्रीदर १३५ रुपैयाँ ९९ पैसा छ । हिजो युरो एकको खरिददर १३४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा रहेको थियो ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०३ पैसा र बिक्रिदर १६२ रुपैयाँ ८६ रहेको छ र हिजो स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ ८० पैसा र बिक्रीदर १६१ रुपैयाँ ६२ पैसा कायम थियो।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६७ पैसा रहेको छ ।जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३इ पैसा र बिक्रीदर १० रुपैयाँ ३५ पैसा रहेको छ ।

चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

  • ३० पुष २०७८, शुक्रबार ०९:४० प्रकाशित