गण्डकी अपडेटः सक्रिय संक्रमितको संख्या पाँच सय माथि,आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज (बिहीबार) १६५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५९ जनामा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

सोही अवधिमा १९ संक्रमित कोरोना मुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका ११५,म्याग्दीका ३, पर्वतका १, लमजुङकाका २, तनहुँका ५, बागलुङका ६, स्याङ्जाका ३ र नवलपरासी ३० जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८९ हजार ४६ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार २२ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५८ हजार ६४७ जनाको परीक्षण भएको छ ।हाल प्रदेशमा ५९७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५६९ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।

  • २९ पुष २०७८, बिहीबार १६:२३ प्रकाशित