नआत्तिनुस अनावश्यक लकडाउन हुदैँन : स्वास्थ्यमन्त्री खतिवडा

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै आमनागरिकमा फेरि लकडाउन होला कि भन्ने चिन्ताले सताएको छ।

सुरक्षाकै लागि लकडाउन गरिने भएपनि आमनागरिकको दैनिकीमा यसले निकै नै असर पर्ने भएकाले मन्त्रालय लकडाउनको पक्षमा नभएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन् ।

यसअघि भएका लकडाउनले सर्वसाधरण नागरिकको अर्थोपार्जनमा निकै नै कठिन अवस्था सिर्जना भएको थियो ।आर्थिक, सामाजिक, शैक्षिक लगायतका अन्य धेरै क्षेत्रमा लकडाउनले धेरै नै असर गरेको भन्दै मन्त्री खतिवडाले अनावश्यक लकडाउन नगर्ने बताएका हुन् ।

बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।

मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्‍न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे ।

  • २९ पुष २०७८, बिहीबार १६:१४ प्रकाशित