भक्तपुरमा ट्याटु हान्न गएका युवक पालो कुर्दाकुर्दै बिते

केन्द्रभाग मिडिया

काठमाडौं ।

भक्तपुरमा ट्याटु खोपाउन गएका एक युवकको मृत्यु भएको छ।

बुधबारराती ट्याटु हान्न गएका मध्यपुरथिमी नगरपालिका १ लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनी गएराति साढे ९ बजे लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरूष मल्लले सञ्चालन गरेको इन्क ट्याटुमा ट्याटु खोपाउन गएका थिए। ट्याटु हान्नेहरुको भिड रहेकाले उनी आफ्नो पालो कुरिरहेका थिए ।

उनी पालो कुरिरहेको बेला बेहोस भएका थिए । बेहोस भएका खड्कालाई अस्पताल पुर्याएकोमा राती १२ बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको मृत्युको कारण अहिले नै खुलिसकेको छैन। पोष्टमार्टमको लागि अस्पताल लगिएको छ। रिपोर्ट आएपछि थाहा हुने प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।

  • २९ पुष २०७८, बिहीबार १३:१७ प्रकाशित