धादिङमा बाटो खन्दा डोजर पुरियो, ३ जना हराए

केन्द्रभाग मिडिया

धादिङ ।

धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा माथिबाट पहिरो खस्दा डोजर पुरिएको हो । डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएको धादिङ जिल्ला प्रहरीले जनाएको छ ।

बाटो बनाउँदा पहिरो गएर डोजर र मानिस पुरिएका हुन् । स्थानीयका अनुसार अहिले पनि माथिबाट ढुंगा खसिरहेको छ । काठमाडौंबाट हेलिकप्टर मगाएर सदरमुकामबाट उद्धार टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

  • २९ पुष २०७८, बिहीबार १२:४१ प्रकाशित