एमाले अधिवेशन:फर्जी मत भेटिएको दैलेखमा पुनः मतदान हुने

केन्द्रभाग मिडिया

अध्यक्षका उम्मेदवार सूर्यबहादुर शाही र रवीन्द्रराज शर्मा

एमाले दैलेखमा पुन मतदान हुने भएको छ।

निर्वाचनमा मतदाता भन्दा ३१ मत बढी भेटिएपछि दैलेखमा पुनः मतदान हुने भएको हो। जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको थियो ।

पुनः मतदानका लागि केन्द्रीय निर्वाचन आयोगले निर्देशन दिएपछि बिहीबार नै उपाध्यक्षबाहेकका पदमा मतदान प्रक्रिया सुरु हुने भएको छ ।

उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका खड्गराज उपाध्यायले फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षका लागि सूर्यबहादुर शाही र रवीन्द्र राज शर्मा प्रतिस्पर्धामा छन् । ।

  • २९ पुष २०७८, बिहीबार ०९:५४ प्रकाशित