नेपाली पासपोर्ट संसारकै कमजोर : यी देशका पासपोर्ट छन शक्तिशाली(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

पासपोर्टको अध्ययन, विश्लेषण र र्यांकिङ गर्ने हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको पासपोर्ट र्यांकिङमा नेपाली पासपोर्ट विश्वकै कमजोर देखिएको छ।

बेलायती एजेन्सी हेन्ली एन्ड पार्टनर्सले हिजो बुधबार सार्वजनिक गरेको सन् २०२२ को सूचीमा नेपालको पासपोर्टको स्थान पहिलेभन्दा तल सूचीकृत भएको हो ।

विश्वकै कमजोर पासपोर्ट हुने अन्तिम दस मुलुकमध्ये नेपाल उत्तर कोरियाभन्दा तल १०५ औं स्थानमा प्यालेस्टाइनसँगै छ । नेपाल र प्यालेस्टाइनले ३७ देशमा मात्र अनअराइभल भिसा पाउँछन् ।

जापान र सिंगापुरको पासपोर्ट विश्वकै बलियो रहेको छ । यी दुई मुलुकको सूचीको पहिलो स्थानमा छन् ।जर्मनी र दक्षिण कोरिया दोस्रो स्थानमा छन् । फिनाल्यान्ड, इटाली, लक्जेम्बर्ग र स्पेन तेस्रो स्थानमा छन् ।

अमेरिका छैटौं स्थानमा छ । भारत  ८३ औं स्थानमा छ । भारतले ६० मुलुकमा अनअराइभल भिसा पाउँछ ।

यी देशका पासपोर्ट छन् शक्तिशाली
जापान र सिंगापुर-१९२
जर्मनी र दक्षिण कोरिया- १९०
फिनल्याण्ड, इटाली, लक्जेम्बर्क र स्पेन – १८९
अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड, स्वीडेन – १८८
आयरल्याण्ड, पोर्चुगल- १८७
बेल्जियम, न्यूजिल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, बेलायत, अमेरिका-१८६
पोल्याण्ड, हंगेरी- १८३
लिथुआनिया, स्लोभाकिया-१८२
यी हुन् कमजोर राहदानी
उत्तर कोरिया- ३९
नेपाल र प्यालेस्टाइन-३७
सोमालिया- ३४
यमन-३३
पाकिस्तान-३१
सिरिया-२९
इराक-२८
अफगानिस्तान-२६

  • २९ पुष २०७८, बिहीबार ०९:१८ प्रकाशित