आजदेखि सिंहदरबार प्रवेशमा कडाइ

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंमा अहिले स्मार्ट लकडाउन जारी छ । देशका अधिकांश प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै प्रदेश प्रवेशमा कडाई गरेका छन् ।

राजनीतिक नेताहरुले भेटघाटलाई कम गरेका छन् । यस्तै आज देखि सिंहदरबार प्रवेशमा कडाई गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढेसँगै गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टलाई मध्यनजरमा राख्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको हो।

सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी सबै प्रकारका पास, अस्थायी परिचयपत्रहरू खारेज भएको गृह मन्त्रालयले जनाएको छ।

नयाँ स्थायी, अस्थायी पास तथा परिचय पत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायले सिफारिस गर्ने तर गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्ने भनिएको छ। त्यस्तै सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा भने पहिलेकै पास(परिचयपत्रबाट प्रवेश दिइनेछ।

पत्रकारहरूको हकमा भने सूचना विभागको परिचयपत्रको आधारमा मात्रै प्रवेश गराउने मन्त्रालयले जनाएको छ।

  • २९ पुष २०७८, बिहीबार ०८:५२ प्रकाशित