आजको मौसम : विहान एउटा प्रदेशमा वर्षा, दिउँसो र राति आंसिक बदली

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ।

देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। राति देशभर आंशिक बदली रहने छ।

 

 

  • २९ पुष २०७८, बिहीबार ०८:३३ प्रकाशित