टाइगर कप भलिबलः बुघबारका खेलमा एपिएफ, पुलिस र हेल्प नेपाल विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता अन्तरगत  बुधबारका खेलमा महिला तर्फ एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । पुरुष तर्फको खेलमा हेल्प नेपाल र नेपाल पुलिस विजयी भए ।

बुघवरा पोखरा रंगशालाको भलिबल कोर्टमा भएको महिला तर्फको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा हराउदै पुलिसले पहिलो जित निकालेको हो ।

पुलिसले टाइगरमाथि २५–२०, २५–१७ र २५–२२ को जित निकालेको हो ।

पुलिस पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो ।

आयोजक टाइगरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा टाइगर न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो।

महिला तर्फको दोस्रो खेलमा एपीएफ क्लबले न्यु डायमण्डलाई ३–२ को सेटमा हरायो । डायमण्डलाई हराउदैँ एपीएफले दोस्रो जित निकालेको हो ।

खेलको पहिलो सेट न्यु डायमण्डले २५–२१ ले जितेको थियो । तर, दोस्रो सेट एपीएफले २५–२१ ले आफ्नो बनायो ।

तेस्रो सेट न्यु डायमण्डले २५–१० ले जित्दै २–१ को अग्रता बनायो । चौंथो सेट एपीएफले २५–१२ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।

त्यसपछि पाँचौ सेटमा एपीएफले १५–८ ले जित्दै खेल आफ्नो बनाएको हो ।

जितसँगै एपीएफले ३ खेलमा ५ अंक जोडेको छ ।

न्यु डायमण्डको यो पहिलो हार हो । न्यु डायमण्डले ३ खेलमा ७ अंक जोडेको छ ।

न्यु डायमण्ड प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ ।

पुरुष तर्फको खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउदै प्रतियोगितामा पहिलो जित निकालेको छ । हेल्पले आर्मीमाथि २५–१५,२५–२१ र २५–२२ को जित निकाल्यो ।

यस अघि पहिलो खेलमा हेल्प नेपाल नेपाल पुलिस क्लबसँग ३–२ को सेटले पराजित भएको थियो ।

आर्मीको यो पहिलो हार हो । पहिलो खेलमा आर्मीले एपीएफ क्लबलाई हराएको थियो ।

पुरुष तर्फको अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो । यो जितसगैँ पुलिसले लगातार तेस्रो जित निकालेको हो ।

पुलिसले एपीएफमाथि २५–१, २३–२५, २५–२३ र २५–१९ को जित निकाल्यो ।

यस जितसँगै पुलिसले ३ खेलमा ८ अंक जोडेको छ । पुलिस प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा पुलिसले हेल्प नेपाललाई ३–२ को सेटमा हराएको थियो । यस्तै साविक विजेता गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको थियो ।

  • २८ पुष २०७८, बुधबार १८:२८ प्रकाशित