उर्लियो संक्रमणः आज देशभर ३ हजार बढिमा कोरोना संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना संक्रमण दिनदिनै उर्लिएको छ ।

पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

  • २८ पुष २०७८, बुधबार १६:३९ प्रकाशित