स्वास्थ्य मन्त्रालय भन्छ: चैतसम्ममा ४० प्रतिशतमा ओमिक्रोन हुन्छ

केन्द्रभाग मिडिया

काठमाडौं ।

द्रुतगतिमा दौडिएको कोराना संक्रमण अनियन्त्रित बन्दै गइरहेको छ । पछिल्लो केही दिनदेखि संक्रमण हरेक दिन जसो दोब्बर हुदैँ गएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैतसम्ममा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट ४० प्रतिशत मानिस संक्रमित हुने प्रक्षेपण गरेको छ ।

नेपालको कुल जनसंख्या ३ करोड नाघेको छ । यसरी हेर्दा एक करोड २० लाखमा संक्रमण हुन सक्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । स्वास्थ्य मन्त्रालयले कोरोना रोकथामका लागि द्रूत कार्ययोजना बनाइरहेको बताएको छ ।

संक्रमितमध्ये १५ प्रतिशत अस्पतालमा पुग्ने र ५ प्रतिशतमा जटिल असर हुने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । नयाँ निर्देशीकामा कोरोना रोकथामका लागि आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री खरिदलगायतलाई विश्लेषण गरिने बताइएको छ।

मन्त्रालय कोरोना रोकथामका लागि द्रुत कार्ययोजना बनाउन जुटेको छ । हाल देशमा २७ जनामा ओमिक्रोन पुष्टि भएको छ।

  • २८ पुष २०७८, बुधबार १५:०१ प्रकाशित