काठमाडौंमा आजदेखि ‘स्मार्ट लकडाउन’: के गर्न पाइन्छ/के गर्न पाईदैँन?

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंमा गएरातीदेखि स्मार्ट लकडाउन जारी भएको छ । हिजो काठमाडौंका तीन सिडिओबीचको छलफलले काठमाडौंमा स्मार्ट लकडाउन गर्ने निर्णय गरेअनुसार गएराती देखि नै जारी भएको हो ।

सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार आजदेखि सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्नुपर्नेछ ।

यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनक २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत रहेको छ।
प्रशासनले सार्वजनिक स्थानहरु ९कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि० मा प्रवेश गर्दा माघ ७ गते देखि कोभिड(१९ विरुद्धको खोप लगाएको कार्ड ९मोबाइलमा फोटो भएपनि हुने० साथमा राख्नुपर्ने र खोप कार्ड हेरेर मात्र प्रवेश दिने निर्णय गरेको छ। माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड मोबाइलमा फोटो भएपनि हुने अनिवार्य गर्ने निर्णय भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई अनिवार्य रुपमा १ हप्ताभित्र कोभिड विरुद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गराउन निर्देशन दिएको छ।

जिल्लाभित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा संचालन गरेका कोभिड(१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी संचालनमा ल्याउन दुरुस्त अवस्थामा राख्न निर्देशन दिएको छ।

सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने बताइएको छ।

औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने, उपर कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ।

  • २८ पुष २०७८, बुधबार १०:४८ प्रकाशित