एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ४५६ मत ल्याउँदै कास्की अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रतिस्पर्धि दामोदर बैरागी ४०७ मत ल्याएका छन् ।

नेकपा एमाले कास्कीका कार्यबहाक अध्यक्ष समेत रहेका मनबहादुर गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको साथ रहेको थियो । बैरागी नबौं जिल्ला अधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । प्रर्तिस्पर्धि बैरागीलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीको साथ रहेको थियो ।

उपाध्यक्षमा गुरुङ प्यानलका तेजनारायण अधिकारी बिजयी भएका छन् । उनले ४२१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धि प्रभा कोइराला ४१३ मत ल्याइन् ।

सचिवमा बैन बहादुर क्षेत्री निर्वाचित भएका छन् । बैन बहादुर क्षेत्री ४७५ मत ल्याएर सचिवमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धि बिष्णु बहादुर केसी ३६४ मत ल्याए ।

उपसचिवमा दर्शन लामा र नवराज ओझा विजयी भएका छन् । दर्शन लामाले ५४० र नवराज ओझाले ४४३ मत ल्याएर विजयी भएका हुन् । उपसचिवमा प्रतिस्पर्धि इमानराज पौडेलले ३५५ र मनबुझा विकले २३७ मत ल्याएका छन् ।

  • २८ पुष २०७८, बुधबार ०७:२१ प्रकाशित