काठमाडौंमा ‘स्मार्ट लकडाउन’: के गर्न पाइन्छ/के गर्न पाईदैँन? यस्तो छ प्रशासनको आदेश(सूचनासहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंका तीन सिडिओबीचको छलफलले काठमाडौंमा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ।काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको गर्ने निर्णय गरेसँगै स्मार्ट लकडाउनको तयारी गरेको हो ।

सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गर्ने निर्ण भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।

यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनक २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ ।

  • २७ पुष २०७८, मंगलवार १६:५६ प्रकाशित