काठमाडौंका सिडिओहरुको बैठक बस्दैँ : स्मार्ट लकडाउनबारे निर्णय हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज देखि प्रावि र मावि तहका विद्यालय बन्द भएसगैँ अन्य गतिविधिमा पनि कडाई गर्दै लैजाने सरकारले बताएसँगै काठमाडौंका तीन सिडिओ छलफल गर्न बैठक बस्ने भएका छन् ।

कोभिड–१९ संक्रमण दर बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले अबको रणनिती कस्तो बनाउने भन्ने बारे छलफल गर्न बैठक बस्न लागेको बताइएको छ। सरकारले स्कुल बन्द गर्न, सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएसँगै फेरि लकडाउन होला कि भन्ने सर्वसाधरणमा चासो रहेको छ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।सोही बारे बैठकमा छलफल हुने र स्मार्ट लकडाउन गर्ने नगर्ने भन्ने बारेमा निर्णय हुने बताइएको छ।

मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका छन् ।

  • २७ पुष २०७८, मंगलवार १३:१० प्रकाशित