कमल थापाले किन गरे पार्टीको कार्यक्रम बहिस्कार !

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपा पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रम बहिष्कार गरेका छन् ।

राप्रपाले पृथ्वीजयन्तकी अवसरमा आज मंगलबार राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरेको छ । आफूहरुको माग सम्बोधन नभएको भन्दै सो कार्यक्रम थापाले बहिस्कार गरेको थापा निकट एक नेताले बताएका छन् ।

थापाले पार्टी महाधिवेशनमा निर्मल निवासबाट हस्तक्षेप भएको विषयमा छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । तर,सो मागको सुनुवाइ अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छैनन् ।

थापाले निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताउँदै हिन्दुराष्ट्रको पक्षमा पृथ्वीजयत्नीकै दिनदेखि देशव्यापी रुपमा राष्ट्रिय एकता अभियानको थालनी गर्ने योजना बनाएका थिए । कोरोनाको कारण देखाउँदै यो अभियान तत्काललाई स्थगित गरिएको छ ।

  • २७ पुष २०७८, मंगलवार १२:४२ प्रकाशित