एमाले पर्वत अध्यक्षमा राजु पौडेल, सबै पदमा निर्विरोध चयन

केन्द्रभाग मिडिया

पर्वत ।

नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल निर्वाचित भएका छन् ।

उपाध्यक्षमा फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्मा चयन भएका छन् । उनी यसअघि जिल्ला कमिटी सचिव थिए । कमिटीको सचिवमा गोविन्द पहाडी चयन भएका छन् ।

उपसचिवमा शिव पौडेल र बिमल लामिछाने चयन भएका छन् ।

चार दिन लामो कसरतपछि पर्वत एमालेमा सर्वसम्मत नेतृत्व चयन भएको हो । केन्द्रीय सदस्य तथा निवर्तमान अध्यक्ष पदम गिरी लगायतका नेताहरुको प्रयासपछि पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन् ।

  • २७ पुष २०७८, मंगलवार ०९:१४ प्रकाशित